Logo

शिक्षकमा स्थायी जागिर खाने सोच छ ? सेवा आयोगले खुलायो माध्यमिक तहका शिक्षकका लागि आवेदन

शिक्षकमा स्थायी जागिर खाने सोच छ ? सेवा आयोगले खुलायो माध्यमिक तहका शिक्षकका लागि आवेदन



भक्तपुर । शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक पदका लागि आवेदन आह्वान गरेको छ । आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि आवेदन आह्वान गरेको हो ।

laxmi

शिक्षक पदका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आव्हान गरेको जनाएको छ ।

आयोगले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिन आग्रह गरेको छ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL