Logo

नेपालको सार्वजनिक ऋण २४ खर्ब पुग्यो, पाँच महिनामै थपियो एक खर्ब ३१ अर्ब ऋण

नेपालको सार्वजनिक ऋण २४ खर्ब पुग्यो, पाँच महिनामै थपियो एक खर्ब ३१ अर्ब ऋण



काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मंसिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

laxmi

यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । वैदेशिकतर्फको ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि मङ्सिरसम्मको पाँच महिनामै सरकारले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । जसमा आन्तरिकतर्फ एक खर्ब ११ अर्ब ३१ करोड र वैदेशिकतर्फ १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

साउनदेखि मङ्सिरसम्म सरकारले साँवा र ब्याज गरेर ५९ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी पनि गरेको छ । राजस्वसहितका आम्दानी घट्दा सरकारले ऋण लिएर खर्च गरिरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले कुल तीन खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने चार खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण लिएर खर्च चलाउने अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL