Logo

पाँच महिनामा विदेशी लगानीकर्ताले लगे ११ अर्ब फिर्ता, यस्तो छ नेपालमा लगानीको अवस्था !

पाँच महिनामा विदेशी लगानीकर्ताले लगे ११ अर्ब फिर्ता, यस्तो छ नेपालमा लगानीको अवस्था !



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउन–मंसिर)मा विदेशी लगानीकर्ताले नेपालबाट करिव ११ अर्ब रुपैयाँ लाभांस र रोयल्टी फिर्ता लगेका छन् । उद्योग विभागले आईतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनासम्म विदेशी लगानीकर्ताहरुले नेपालबाट १० अर्ब ९१ करोड रुपैयाँ लाभांस र करिव साढे १ अर्ब रोयल्टी फिर्ता लिएका हुन् ।

laxmi

नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका विदेशी लगानीकर्ताले आफ्नो लगानीको नाफा फिर्ता लगेका हुन् । यस्तै विभिन्न कम्पनीले विदेशी कम्पनीहरुलाई रोयल्टीवापत पनि ठूलो रकम भुक्तानी गर्दै आएका छन् ।

यस्तै यो अवधिमा नेपालमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिवद्धता आएको छ । यस अवधिमा विभिन्न २ सय ४७ परियोजनामार्फत पुरानो र नयाँ गरी २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो ।

यस अवधिमा आएको लगानी प्रतिवद्धतामध्ये १ सय ९९ परियोजनामार्फत २० अर्ब ६१ करोड रुपैयाँ नयाँ लगानी, २१ ओटा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्सक्रिप्स एग्रिमेन्ट (एसएसए) परियोजनामार्फत ३ अर्ब ७४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

यस अवधिमा आएको लगानी प्रतिवद्धतामध्ये ४८ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार मंसिर महिनासम्म पर्यटन क्षेत्रमा मात्रै ९५ परियोजना दर्ता भएका छन् । यस्तै यसै अवधिमा सेवा क्षेत्रका ७४, उत्पादनमुलक क्षेत्रका १९, सूचना तथा संचार क्षेत्रका ५ र पूर्वाधार क्षेत्रका ४ परियोजनामार्फत लगानी प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL