Logo

टिकटक प्रतिवन्ध गर्ने निर्णयमा सर्वाेच्चको कारण देखाउ आदेश, मंसिर १९ गते पुर्ण सुनुवाई

टिकटक प्रतिवन्ध गर्ने निर्णयमा सर्वाेच्चको कारण देखाउ आदेश, मंसिर १९ गते पुर्ण सुनुवाई



काठमाडौं । सरकारले टिकटक बन्द गर्ने गरेको निर्णमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले उक्त आदेश दिएको हो । गएको २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय विरुद्ध कानुन व्यवसायीले १० भन्दा बढी रिट निवेदन दिएका थिए ।

laxmi

उक्त रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएको थियो । सो क्रममा न्यायाधीश शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको हो । यस्तै यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL