Logo

ग्लोबल आइएमई लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो, ब्याज आम्दानी बढदा नाफामा वृद्धि

ग्लोबल आइएमई लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो, ब्याज आम्दानी बढदा नाफामा वृद्धि



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ दशमलव १५ प्रतिशत वृद्धि भएको छ ।

laxmi

कम्पनीले गत आवमा २ करोड ६७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १३ प्रतिशत र सञ्चालन नाफा २६ दशलमव ७४ प्रतिशत वृद्धि भएको छ । चालू आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेकोमा चालू आवमा बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा ५० करोड ४३ लाख रुपैयाँ सञ्चिती गरेको छ । सो अवधिसम्म कम्पनीले ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ७६ गुणा र प्रतिशेयर नेटवर्थ १८१ दशमलव ५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL