Logo

कतारका अमिरले किन गरे नेपाल भ्रमण स्थगित ? अब नेपाल आउँलान कि नआउँलान ?

कतारका अमिरले किन गरे नेपाल भ्रमण स्थगित ? अब नेपाल आउँलान कि नआउँलान ?



काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।

laxmi

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो ।

परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । आपसी छलफलपछि मात्रै अब कतारी अमिरको नेपाल भ्रमणको अर्को मिति तय गरिने परराष्ट्र मन्त्रालएका एक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL