Logo

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट खेलाडीलाई अर्ना बियरको पुरस्कार घोषणा, रनदेखि विकेटसम्म पैसै पैसा

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट खेलाडीलाई अर्ना बियरको पुरस्कार घोषणा, रनदेखि विकेटसम्म पैसै पैसा



काठमाडौं । नेपाली क्रिकेट टोलीको हौसला बढाईरहेको अर्ना बियरले पुनः भोलीदेखि हुने टी ट्वान्टी विश्वक क्वालीफायरका लागि पुरष्कार घोषणा गरेको छ । यसअघि प्रति चौका, छक्का र विकेटमा पुरष्कार दिएको अर्ना बियरले भोलीदेखि हुने टी ट्वान्टी विश्वकप क्वालीफायरका लागि पनि सोही अनुसारको पुरष्कार घोषणा गरेको हो ।

laxmi

कम्पनीले भोलीदेखि हुने खेलमा नेपाली टोलिका खेलाडीले प्रति विकेट २५ हजार रुपैयाँ पाउनेछन् भने प्रति मेडन ओभर खेलेमा १० हजार रुपैयाँ पाउने अर्ना बियरले जानकारी दिएको छ ।

यस्तै बलिङकै क्रममा प्रति डट बल १ हजार रुपैयाँ दिनेसमेत कम्पनीले घोषणा गरेको छ । यता ब्याटिङतर्फ भने कम्पनीले प्रतिछक्का २० हजार, प्रतिचौका १० हजार र प्रति रन १ हजार रुपैयाँ पुरष्कार दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL