Logo

हतियार खरिदको विषयसहित प्रधानसेनापति शर्मा आज चीन जाँदै, के–के छन् कार्यक्रम ?

हतियार खरिदको विषयसहित प्रधानसेनापति शर्मा आज चीन जाँदै, के–के छन् कार्यक्रम ?



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज (शुक्रबार) चीन भ्रमणमा जाँदैछन् । उनी बिहान ११ बजे चीन प्रस्थान गर्ने सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । चिनिया जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन् ।

laxmi

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो । चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्सन फोरमको उद्घाटन समारोहमा प्रधानसेनापति सहभागी हुने कार्यक्रम तय भएको भण्डारीले बताए ।

चीनमा रहँदा शर्माले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्ने बताइएको छ । नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्री चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो । विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन । प्रधानसेनापतिको चीन भ्रमणका वेला यो विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ । प्रधानसेनापति शर्माले यसअघि बेलायत भ्रमण गरेका थिए । उनी कात्तिक १६ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL