Logo

वर्षमा ५० अर्बको नयाँ नोट बजारमा पठाउँछ राष्ट्र बैंक, दशैको लागि कति नयाँ नोट आउँछ बजारमा ?

वर्षमा ५० अर्बको नयाँ नोट बजारमा पठाउँछ राष्ट्र बैंक, दशैको लागि कति नयाँ नोट आउँछ बजारमा ?



काठमाडौं । दशैं शुरु भएसँगै नयाँ नोटको चर्चा हुन थाल्छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष समय समयमा छ बजारमा नयाँ नोटहरु पठाइरहेपनि नयाँ नोटको चर्चा भने दशैंसँगै शुरु हुन्छ र दशैं सकिएपछि हराउँछ । राष्ट्र बैंकले हरेक वर्ष ५० अर्ब बराबरको नयाँ नोट चलन चल्तीमा ल्याउने गरेको नेपाल राष्ट्र बैंकका एक अधिकारी बताउँछन । उनका अनुसार राष्ट्र बैंकले हरेक वर्ष दशैंको लागिमात्र १२ देखि १५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरेको हुन्छ । तर, बजारमा नयाँ नोट भने माग अनुसार वितरण हुने ती अधिकारी बताउँछन ।

laxmi

‘वर्षमा औसतमा ५० अर्बको हाराहारीमा नयाँ नोट चलनचल्तीमा निकासा गर्ने गरिन्छ ।’ उनी भन्छन, ‘५० अर्बमा १२ देखि १५ अर्ब रुपैयाँ बराबरको पैसा बजारमा जाने गरेको छ ।’ बाँकी पैसा बैंक तथा वित्तीय संस्थाले चलन चल्तीमा ल्याउने गरेको ती अधिकारी बताउँछन । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैंको अवसर पारेर राष्ट्र बैंकले यस वर्ष पनि वाणिज्य बैंकको काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिएको छ ।

राष्ट्र बैंकले हाल प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्षहरूमा झैं यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाभित्रको हकमा असोज २९ देखि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागबाट र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ । उपत्यका बाहिरको लागि भने राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटही सुविधा लिन सकिने व्यवस्था गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL