Logo

त्रिकोणात्मक टी-२० सिरिज, आज नेपालको सामना हङकङसँग

त्रिकोणात्मक टी-२० सिरिज, आज नेपालको सामना हङकङसँग



काठमाडौँ । त्रिकोणात्मक टी- २० सिरिजमा नेपालले आज हङकङको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुने तालिका रहेको छ । नेपालले यस सिरिजको पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने हङकङ भने आफ्नो पहिलो खेल खेल्दै छ ।

laxmi

नेपाल र हङकङबीच अहिलेसम्म ५ टी-२० खेल भएका छन् । जसमा हङकङले ३ खेल जितेको छ भने नेपालले २ खेल जितेको छ । पछिल्लो पटक यी दुई देशबीच २०१९ मा खेल भएको थियो । नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिष जिसी, ललित राजबंशी, अभिनाश बोहोरा, विवेक यादव, सागर ढकाल, लोकेस बम, सुर्य तामाङ र श्याम ढकाल ।

हङकङको टिम: निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा र जिशान अली ।

प्रतिक्रिया दिनुहोस्
MBL