Logo

क्रिकेट विश्वकपमा भारतको विजयी शुरुवात, कोहली र राहुलले जिताए

क्रिकेट विश्वकपमा भारतको विजयी शुरुवात, कोहली र राहुलले जिताए



काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ । क्रिकेट विश्वकपको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो ।

laxmi

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पछाएको भारतले ४२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतले कुनै रन नबनाएर आफ्ना प्रमुख तीन खेलाडी गुमाएपछि विराट कोहली र केएल राहुलले सम्हालिएर खेल्दै भारतलाई जिताएका हुन् । कोहली र राहुलबीच चौथो विकेटको लागि १६५ रनको साझेदारी भएको थियो । विराट कोहलीले ८५ रन बनाए भने केएल राहुलले अविजित ९७ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले अविजित ११ रन बनाएका थिए । यसअघि भारतका इशान किसन, कप्तान रोहित शर्मा र श्रेयस अय्यर कुनै रन बनाएर आउट भएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९।३ ओभरमा अल आउट हुदै १९९ रन मात्र बनाएको थियो । योजितसँगै भारतले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब विश्वकपमा भारतले अर्को खेल अक्टोबर ११ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अस्ट्रेलियाले अक्टोबर १२ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL