Logo

प्रधानमन्त्री चीनबाट फर्केकै दिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा एकैपटक २१५ रुपैयाँ बढ्यो

प्रधानमन्त्री चीनबाट फर्केकै दिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा एकैपटक २१५ रुपैयाँ बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

laxmi

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । त्यस्तै, पेट्रोलिल १८२ रुपैयाँबाट १८४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ६ वृद्धि भएर १७९ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, हवाइ इन्धनमा ४ रुपैयाँ मूल्य वृद्धि भएको आयल निगमले जनाएको छ ।

यस्तै निगमले खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको छ । अब खाना पकाउने ग्यासको मूल्य १८५९ बाट अब २११० रुपैयाँ पुगेको छ । निगमले प्रधानमन्त्री चीन भ्रमणबाट फर्केकै दिन पारेर मूल्यवृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL