Logo

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी



काठमाडौँ । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गए रातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

laxmi

यस क्षेत्रमा रहेकाआठ घर पूर्णरुपमा जलेको र आसपासमा रहेका अन्य घरमा पनि क्षति पुगेको थापाले बताएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगो निभाएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । २०७८ साल कार्तिक २९ गते पनि गमगढी बजारमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL