Logo

१ सय ३ एन्टीबायोटिक औषधि प्रयोगमा रोक, तपाईँले पनि खाँदै हुनुहुन्छ की ?

१ सय ३ एन्टीबायोटिक औषधि प्रयोगमा रोक, तपाईँले पनि खाँदै हुनुहुन्छ की ?



काठमाडौं । अब उपभोक्ताहरुले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग गर्न नपाउने भएका छन । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै औषधि व्यवस्था विभागले १ सय ३ प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको हो ।

laxmi

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले प्रयोग नगर्न भन्दै सिफासिर गरेका औषधिको प्रयोग अब नेपालमा पनि नगर्न विभागले निर्देशन दिएको हो ।

विभागले अब एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना नै तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको बताएको छ ।

विभागले प्रतिवन्ध लगाएका १ सय ३ औषधिहरुमा एमोक्ससीलिन, एम्पीसिलीन, एजिथ्रोमाईसीन, सेफालेक्सिन, मेट्रोनीडाजोललगायतका औषधिहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL