Logo

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन


Bizkhabar
1.1k
Shares

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।७० बर्षिय नेम्वाङको हृदयघातबाट त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिएका छन् । 

laxmi

बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेसहित एमालेका अन्य नेताहरु अहिले शिक्षण अस्पताल पुगिसकेका छन् ।नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए ।

उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष र २०७२ सालमा सभामुख बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL