Logo

तत्काल ‘स्टार्टअप’ नीति ल्याउन महासंघ अध्यक्ष ढकालको जोड, भने-आवश्यक नीति बनाएर जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्छ

तत्काल ‘स्टार्टअप’ नीति ल्याउन महासंघ अध्यक्ष ढकालको जोड, भने-आवश्यक नीति बनाएर जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरू कार्यान्वयनमा आउन नसकेको बताएका छन् । सोमबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

laxmi

अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए । उनले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवर्द्धन कार्यक्रमहरू समेत कार्यान्वयनमा आउन नसकेको उल्लेख गरे । अध्यक्ष ढकालले सरकारले स्टार्टअपसम्बन्धी स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको बताए । उनले सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

‘‘उद्योग वाणिज्य महासङ्घले स्टार्टअप नीतिको ड्राफ्ट बनाएर मन्त्रालयमा पेस गरेका थियौँ । त्यसमा धेरै चरणको छलफल भइसकेको छ । स्टार्टअप नीति छिट्टै पारित गर्नुपर्छ भन्ने महासङ्घको धारणा रहेको छ । यसले नीतिगत स्पष्टतासँगै स्टार्टअपलाई परिभाषित पनि गर्ने छ । जुन अझै हुन सकेको छैन । स्टार्टअपको परिभाषा नहुँदा विभिन्न प्रवर्द्धनका कार्यक्रमहरू ल्याइए पनि कार्यान्वयन हुन सकेका छैनन् ।’

अध्यक्ष ढकालले भने, ‘‘कोभिड महामारी र अहिले व्यवसाय सञ्चालनमा आएको समस्याले स्टार्टअपहरू जोखिममा परेकाले जोखिम प्रतिरोध गर्ने क्षमता बढाई व्यवसायलाई निरन्तरता दिनु पर्ने चुनौती थपिएको छ । स्टार्टअप नीति ल्याएर सहयोग प्रदान गर्नु आजको आवश्यकता हो । स्टार्टअप जन्माउने, हुर्काउने र निरन्तरताका लागि आवश्यक पुँजी र उचित मार्गदर्शन दुवैको आवश्यकता पर्छ । यसका लागि बलियो साझेदारी चाहिन्छ ।’

अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति ल्याएर नवप्रवर्तनकारी युवाहरूलाई सहयोग प्रदान गर्नु आजको आवश्यकता रहेको बताए । स्टार्टअप स्थापना पछिको निरन्तरताका लागि आवश्यक पुँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुने उनको भनाइ छ । उनले भने, ‘‘स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था, बजार विकास सुविधा एवम् युकुभेसन सेवा प्रदान गर्ने व्यवस्थाका लागि महासङ्घले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको छ । नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न सकिँदैन । स्टार्टअप प्रवर्द्धनका लागि स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन प्रभावकारी र क्रियाशील बनाउन जरुरी रहेको छ ।’

अध्यक्ष ढकालले स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधाका महासङ्घले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको उल्लेख गरे । उनले नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसकिने बताए । उनले स्टार्टअप प्रवर्द्धनका लागि स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन प्रभावकारी र क्रियाशील बनाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL