Logo

एसिया कप खेल्न पाकिस्तान गए सन्दीप, बुधबार पाकिस्तानसँग भिड्दै नेपाल

एसिया कप खेल्न पाकिस्तान गए सन्दीप, बुधबार पाकिस्तानसँग भिड्दै नेपाल



काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।

laxmi

बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन् । तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन् । नेपालले पर्सी १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL