Logo

आजको मौसम : हल्का बर्षाको सम्भावना, कमला नदीमा बाढी सतर्कता तहभन्दा माथि

आजको मौसम : हल्का बर्षाको सम्भावना, कमला नदीमा बाढी सतर्कता तहभन्दा माथि



काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।

laxmi

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कमला नदीमा बाढी सतर्कता तहभन्दा माथि

यता उदयपुरमा भारी वर्षा भएको छ । कमला नदी बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको छ । जलसतह बढ्ने क्रममा रहेका कारण तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कमला नदी, सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । बाढी बढ्दोक्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेहलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । जसका कारण केही नदी तथा खोलामा बहाव बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL