Logo

अब सर्वाेच्चको पेशी तारिख स्वचालित प्रणालीबाटै, उपभोक्तालाई सहज

अब सर्वाेच्चको पेशी तारिख स्वचालित प्रणालीबाटै, उपभोक्तालाई सहज



काठमाडौं । अबदेखि सर्वाेच्च अदालतमा पेशी तारिख स्वचालित प्रणालीबाटै हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आईतबार एक कार्यक्रममा बोल्दै उपभोक्तालाई छिटो र सहज रुपमा न्याय दिनका लागि अब यसको कार्य स्वचालित प्रणालीबाटै हुने बताएका हुन् ।

laxmi

यसका लागि सर्वाेच्चले प्रणालीको विकास गरिसकेको उनको भनाई थियो । यस्तै उनले कार्यक्रममा भोलीदेखि परिक्षणका रुपमा प्रयोगमा ल्याईने उक्त प्रणालीको सफल परिक्षण भएको अवस्थामा जिल्ला अदालत र अन्य अदालतहरुमा पनि प्रयोगमा ल्याईने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL