Logo

आजपनि देशभर बर्षाको सम्भावना, आइतबारदेखि मौसममा सुधार आउने

आजपनि देशभर बर्षाको सम्भावना, आइतबारदेखि मौसममा सुधार आउने



काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ ।

laxmi

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL