Logo

नेपाल इन्सुरेन्सबाट बाहिरियो आईएमई ग्रुप, साढे ५८ करोडको सेयरसहित एशियन लाइफको प्रवेश

नेपाल इन्सुरेन्सबाट बाहिरियो आईएमई ग्रुप, साढे ५८ करोडको सेयरसहित एशियन लाइफको प्रवेश



काठमाडौं । आइएमई समुहले नेपाल इन्सुरेन्सको सेयर एशियन लाइफ इन्सुरेन्सलाई बेचेको छ । आइएमई समुहका तीन कम्पनीले आईतबार १९ लाख ४८ हजार ५ सय ३७ कित्ता संस्थापक सेयर एशियन लाइफलाई बेचेका हुन् ।

laxmi

आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट र आइएमई होल्डिङ्ग्स प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त संस्थापक सेयर गत असार २४ गते बिक्रीमा राखिएको थियो । उक्त सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको श्रोतले जानकारी दिएको छ ।

आइएमई समुहले प्रतिकित्ता न्युनतम ३ सय २५ रुपैयाँ मूल्य राखी अक्सनमा सेयर बिक्री खुला गरेको थियो । उक्त सेयरका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँमा टेण्डर हात पारेको हो ।

५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँमा उक्त सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेञ्जले जानकारी दिएको छ । सनी सेक्युरिटीजमार्फत उक्त सेयर बिक्री भएको छ भने डाइनामिक मनि मार्केट सेक्युरिटीजबाट सेयर किनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL