Logo

सुन प्रकरणबारे एमालेको पत्रकार सम्मेलन : माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने, ओलीले मागे गृहमन्त्रीको राजीनामा

सुन प्रकरणबारे एमालेको पत्रकार सम्मेलन : माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने, ओलीले मागे गृहमन्त्रीको राजीनामा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण बारे उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने अडान दोहोर्‍याएको छ ।

laxmi

एमालेले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर संसदको अवरोध कायमै रहने अडान दोहोर्‍याएको हो । पत्रकार सम्मेलनमा प्रस विज्ञप्ति वाचन गर्दै एमाले नेता राजेन्द्र गौतमले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म एमाले पछि नहट्ने बताए । सरकारका उच्च स्तरीय छानबिन समिति गठन नगरेकाले संसदमा गतिरोध उत्पन्न भएको गौतमले बताए ।

अध्यक्ष केपी ओलीको अगुवाईमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पत्रकारहरुबाट सोधिएका प्रश्नको जवाफ दिएका थिए । ओलीले सरकारको आलोचना गर्दै गृहमन्त्रीले राजीनामा दिनुको विकल्प नरहेको बताए । सुन प्रकरणमा गृहमन्त्री असफल भएको बताउदै राजीनामा नदिएर संसदको रोष्टममा गएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL