Logo

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय रपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ थियो ।

laxmi

यसैगरी, बुधबार तेजावी सुनको मूल्य पनि घटेको छ । तेजावी सूनको मूल्य बुधबार ६ सय रपैयाँले नै घटेर १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ रहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL