Logo

ग्रीनप्लाईको पार्केट बजारमा, १५ वर्षको वारेन्टी

ग्रीनप्लाईको पार्केट बजारमा, १५ वर्षको वारेन्टी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ पुस, काठमाडौं । भारतीय ग्रीनप्लाई इण्डिस्ट्रिज लिमिटेडको पार्केट (ग्रीन फ्लोरम्याक्स) नेपाली बजारमा भित्रिएको छ । ओम सावित्री इन्टरनेशनल (एसओएस) ले ग्रीनप्लाईको पार्केट नेपाल भित्र्याएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सोनु केडियाले ग्रीनप्लाईको पार्केट गुणस्तरीय, आकर्षक डिजाईन, टिकाउ र बलियो भएको बताए । ‘ग्रीन फ्लोरम्याक्स’ नामले बिक्री शुरु गरिएको पार्केटमा १५ बर्षको वारेन्टी उपलब्ध गराइएको केडियाले जानकारी दिए । ‘ग्रीन फ्लोरम्याक्सका लेमिनेटेड् फ्लोरिङ्गले ध्वानीलाई सोस्ने क्षमता राखेका छन्’ उनले भने ।

ग्रीन फ्लोरम्याक्सको मूल्य प्रति वर्गफिट १ सय ७७ रुपैया“ निर्धारण गरिएको छ । एकसय भन्दा बढी मुलुकमा ग्रीनप्लाईका उत्पादनहरु बिक्री भइरहेको उनले बताए । जर्मन प्रविधि प्रयोग भई फ्लोरिङ्गका सामग्री उत्पादन गरिरहेको ग्रीन प्लाइ इण्डस्ट्रिज इण्डियाले जनाएको छ ।

भारतीय बजारमा मह“गो मानिने ग्रीन म्याक्स सहज जडान, न्यूनतव वेस्टेज, मेन्टेन्स फ्रि जस्ता विशेषताका कारण विश्वबजारमै लोकप्रिइ भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL