Logo

यो वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट पुर्‍याउने सरकारको दाबी, कति छ सम्भव ?

यो वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट पुर्‍याउने सरकारको दाबी, कति छ सम्भव ?



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने तयारी गरिएको बताएकी छिन् ।

laxmi

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी छलफललाई सम्बोधन गर्दै उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्‍याउने तयारी गरिएको बताइन् ।

धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्‍याउने गरी तयारी गरिएको उनले बताइन् । आफूले मन्त्रीको पद वहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको पनि बताइन् ।

चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चानयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारीरुपमा कार्यान्वयन गर्न उनले नेपाल टेलिकमलाई आग्रह गरिन् । पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबिच समन्वय नहुँदा समस्या आउने गरेको उल्लेख गर्दै उनले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन् ।

जंगल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिइन् । उनले जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताका समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबा

प्रतिक्रिया दिनुहोस्
MBL