Logo

मिडिया संचालक पौडेललाई दुर्गा प्रसाईको ज्यान मार्ने धम्कीविरूद्व ईम्सनको ध्यानाकर्षण, छानविन गरि कारवाही गर्न माग

मिडिया संचालक पौडेललाई दुर्गा प्रसाईको ज्यान मार्ने धम्कीविरूद्व ईम्सनको ध्यानाकर्षण, छानविन गरि कारवाही गर्न माग



काठमाडौं । बिकासन्युजका संचालक एवं प्रधान सम्पादक रामकृष्ण पौडेललाई विवादास्पद व्यवसायी दुर्गा प्रसाईले ज्यान मार्ने धम्की दिएको भन्दै इकानोमिक मिडिया सोसाइटी नेपाल (ईम्सन) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि विषयमा समाचार लेखेकै आधारमा मिडिया संचालक माथि ज्यान मार्ने धम्की दिईनु भत्सरना योग्य र आपत्तिजनक भएको ईम्सनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

laxmi

‘शक्तिकेन्द्रहरुका आडमा विवादित अभिव्यक्ति र गतिबिधी गर्दै आईरहेका प्रसाईले इम्सनका संस्थापक अध्यक्ष समेत रहेका पौडेललाई समाचार लेखेकै आधारमा फोन गरेर ज्यान मार्ने धम्की दिनु भत्सर्ना योग्य र आपक्ति जनक छ’, इम्सनद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित सामग्रीहरुमा चित्त नबुझे आफ्ना कुरा राख्ने र कानुनी उपचारमा जाने व्यवस्थाहरु छन् । तर प्रसाईले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालका मौजुदा ऐन कानुनहरुको बर्खिलाप हुने गरि ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताका विरुद्धमा मात्रै नभएर फौजदारी कानुन समेत आकर्षित हुने बिषय बन्न पुगेको छ ।’

संकास्पद पृष्ठभूमि, विवादित व्यवसाय र अभियानहरु चलाएर नेपाली समाजलाई नै बिथोल्ने प्रयास गरिरहेका प्रसाईमाथि आवश्यक छानविन गरि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउन इम्सन नेपाल सरकार, गृह मन्त्रालयमार्फत नेपाल प्रहरीसमक्ष इम्सनको माग छ ।

प्रतिक्रिया दिनुहोस्
MBL