Logo

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ थियो ।

laxmi

यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले नै बढेको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँ छ । बिहीबार यसको मूल्य प्रतितोला १ लाख ८ सय ५० रुपैयाँ थियो । शुक्रबार चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ४ सय ४० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL