Logo

अन्तरबैंक ब्याजदर औसतभन्दा तल गएपछि बजारबाट पैसा तान्दै राष्ट्र बैंक, पौने ४ खर्ब बैंकमै थन्कियो

अन्तरबैंक ब्याजदर औसतभन्दा तल गएपछि बजारबाट पैसा तान्दै राष्ट्र बैंक, पौने ४ खर्ब बैंकमै थन्कियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर औसतभन्दा २ प्रतिशत तलगएपछि बैंकबाट पैसा प्रशोचन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

laxmi

बैंकिङ प्रणालीमा अधिक तरलताका बैंकहरुको अन्तर बैंक ब्याजदर ३.४२ प्रतिशतमा झरेको छ । तर अहिले बैंकहरुको औसत ५ प्रतिशत रहेको छ । पछिल्लो समय बैंक तथा वित्त कम्पनीमा प्रसस्त लगानी योग्य रकम रहेको छ । तर, कर्जा प्रभाव भने सुस्त छ । यसकारण बैंक तथा वित्तीयसंस्थाले लिने अन्तर बैंक कारोबार घटेको छ भने जसका कारण अन्तर बैंक ब्याजदरमा कमि आएको हो ।

राष्ट्र बैंकले मंगलबार रिभर्स रिपो जारी गर्दै २० अर्ब रूपैयाँ खिच्न लागेको हो । यसपटक १० दिने अवधिको रिभर्स रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघिसम्म बैंकले सात दिने अवधिको रिभर्स रिपो जारी गर्दै आएको थियो ।

यस सहित राष्ट्र बैंकले चालु आर्थिक वर्षमा चार पटकसम्म रिभर्स रिपो जारी गरेको हो । यो सहित असार यता मात्रै तीन पटकसम्म रिभर्स रिपो जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले यसमा न्यूनतम १० करोडदेखि अधिकतम पाँच करोडले भाग जाने जति पनि रकमसम्मको लागि आवेदन गर्न सक्छन् ।

हाल बैंकहरूमा ४० अर्ब अधिक तरलता छ भने ३ खर्ब ७० अर्ब भन्दा बढी कर्जा लगानी योग्य पुँजी छ । बैंक तथा वित्तीय संस्थाले एक आपसमा सापटी लिने अन्तरबैंक ब्याजदर न्यूनतम बिन्दुमा आए पनि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर प्रणालीबाट पुँजी खिच्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL