Logo

साउदी अरबको जेद्दामा गोली चल्दा अमेरिकी वाणिज्य दूतावासका एक नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दामा गोली चल्दा अमेरिकी वाणिज्य दूतावासका एक नेपाली सुरक्षागार्डको मृत्यु



काठमाडौँ । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको ज्यान गएको छ । वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको स्टेट न्यूज एजेन्सी एसपीएले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन ।

laxmi

‘कारमा सवार एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास भवन नजिकै रोकियो र हातमा बन्दुक बोकेर त्यहाँबाट निस्क्यो, सुरक्षा अधिकारीहरूले उसलाई आवश्यक अनुसार व्यवहार गर्न पहल गर्दा गोलीबारी भयो र उनको मृत्यु भयो,’ मक्का क्षेत्र प्रहरीका प्रवक्ताले भने ।

गोली प्रहारबारे अनुसन्धान भइरहेको छ । ‘अमेरिकी दूतावास र वाणिज्य दूतावास साउदी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ किनभने उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने । वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ ।

सन् २०१६ मा कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए । २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए । त्यसक्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र पाँच स्थानीय कर्मचारीको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL