Logo

जीवन बीमा कम्पनीहरुले गरे १ खर्ब २४ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन, सबैभन्दा बढी आर्जन गर्नेमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरुले गरे १ खर्ब २४ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन, सबैभन्दा बढी आर्जन गर्नेमा नेपाल लाइफ



काठमाडौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

laxmi

नेपाल बीमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांकअनुसार १५ वटा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३६ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसनले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४ अर्ब ७ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL