Logo

Global_Ime

लघुवित्त बैंकर्स संघले ७७ जिल्लामा ज्ञापन पत्र बुझाउँदै, लघुवित्तको शान्ति सुरक्षाको माग

लघुवित्त बैंकर्स संघले ७७ जिल्लामा ज्ञापन पत्र बुझाउँदै, लघुवित्तको शान्ति सुरक्षाको माग



काठमाडौं। नेपाल लघुवित्त बैंकर्स संघ आज ७७ जिल्लाका जिल्ला प्रमूख अधिकारी (सिडिओ) लाई लघुवित्तको शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मार्फत ज्ञापन पत्र बुझाउने भएको छ।

Laxmi_sunrise
KBL

यी लघुवित्त वित्तीय संस्थाहरुले दुर्गम क्षेत्रमा बसोबास गर्ने लाखौं गरिवीको रेखामुनी रहेका विपन्न परिवारहरुलाई सहज रुपमा वित्तीय पहुँच पुर्याई उनीहरुको क्षमता अभिवृद्धिका साथै उद्यमशीलता मार्फत आर्थिक स्तरमा सुधार ल्याएको बिभिन्न अध्ययन अनुसन्धानबाट समेत पुष्टि भएको लघुवित्तकर्मीको दावी छ।

नेपालका गर्भनरले पनि लघुवित्त वित्तीय संस्थाले देशको अर्थतन्त्र विकास तथा गरिबी निवारणमा पुराएको जानकारी विभिन्न कार्यक्रमा दिँदै आएका छन। नेपाल सरकारको संवैधानिक कानून, नीति एवं निर्देशन तथा नियमक निकायको मातहतमा रहि निर्दिष्ट सिमामा रहेर कारोबार गर्दै आएको छ।

तर, अहिले संस्थालाई केही व्यक्ति तथा राजनीतिक समूहले ‘लघुवित्तीय विरुद्धको संघर्ष समिति’ नामको अवैधानीक समूह खडा गरी आन्दोलन गरी कार्यक्रममा अवरोध श्रृजना गर्ने, कपोल कल्पित आक्षेप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले संस्थामा ताल्चा लगाउने काम भएको संघको दावी छ।

संस्थामा काम गर्ने कर्मचारीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीहरु माथि हातपात गर्ने, रकम कलम लुटपाट गर्ने, सोझा साझा सदस्यलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुर्याई लघुवित्त कार्यक्रमलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि गर्दै आईरहेका कारण यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याई लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याउन आवश्यक रहेको उनीहरु बताउँछन्।

लघुवित्तहरुले जिल्लामा ज्ञापन पत्र बुझाई सकेको बाँकि रहेको जिल्लाहरुमा भोलि एक साथ सबै प्रशासन कार्यालयमा बुझाउने योजना रहेको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC