Logo

Global_Ime

घोराही सिमेन्टको क्रेडिट रेटिङमा आशंका, आईपीओ निष्काशन बन्द गर्न बोर्डको निर्देशन

घोराही सिमेन्टको क्रेडिट रेटिङमा आशंका, आईपीओ निष्काशन बन्द गर्न बोर्डको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन बन्द गर्न निर्देशन दिएको छ । बोर्डले कम्पनीको क्रेडिट रेटिङमा आशंका गरेर सोमबार सूचना जारी गर्दै आईपीओ रोक्न निर्देशन दिएको हो।

Laxmi_sunrise
KBL

बोर्डले कम्पनीको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३८ को उपनियम (२) विपरित भए नभएको भन्ने विषयमा केयर रेटिङ नेपाललाई तीन दिनको समय दिएर स्पष्टिकरण पेश गर्न जेठ ३० गते पत्राचार गरेको थियो।

केयर रेटिङ नेपालले हालसम्म बोर्डको पत्राचारलाई नै मतलब नगरी आईपीओ निष्कासनको समय थप गरेको बोर्डले जारी गरेकाे निर्देशनमा उल्लेख छ । बाेर्डले मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा पनि आईपीओ निष्कासनको अवधि थप गरेपछि उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासन सम्बन्धी कैफीयत जाँचबुझका लागि सेयर निष्कासनको प्रक्रिया रोकेको जानकारी दिएको छ।

कम्पनीले गत जेठ ३२ गतेबाट घोराही सिमेन्टले सर्वसाधारणमा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो । प्रतिकित्ता ४३५ रुपैयाँ मूल्य तोकिएको उक्त सेयर न्यूनतम १० कित्ताका लागि आवेदन दिँदा पनि बैंक खातामा रोक्का राख्न मिल्ने ४ हजार ३ सय ५० रुपैयाँ हुनैपर्छ । तर, धेरैको आवेदन प्राविधिक कारण देखाएर रद्द गरि घोराही सिमेन्टले आइपीओका लागि आवेदनको म्याद लम्ब्याएको थियो ।

तर, खातामा पर्याप्त पैसा नै नभइ १० कित्ताको एक हजार रुपैयाँ लाग्ने ठानेर आवेदन दिनेका कारण आवेदन रद्द भएको आशंका गर्दै सीडीएससीले सूचना जारी गरेको सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। कम्पनीले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको थियो ।

उक्त सेयरका लागि हालसम्म ५ लाख २८ हजार १६६ जनाले २ करोड ४० लाख ५७ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा निकै बढी हो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC