Logo

केबलकारमार्फत मनकामनाको दर्शन गर्ने यात्रुको सङ्ख्यामा रेकर्ड, जेठमा मात्रै १ लाख ३५ हजार २७२ यात्रु

केबलकारमार्फत मनकामनाको दर्शन गर्ने यात्रुको सङ्ख्यामा रेकर्ड, जेठमा मात्रै १ लाख ३५ हजार २७२ यात्रु



काठमाडौँ । मनकामना केबलकारमार्फत मन्दिरको दर्शन गर्ने यात्रुको संख्यामा नयाँ रेकर्ड बनेको छ । आर्थिक वर्ष २०७९–८० को जेठ महिनामा १ लाख ५० हजार यात्रुले केबलकारमार्फत मन्दिरको दर्शन गरेका हुन् । २५ वर्षको इतिहासमा यो सङ्ख्या मासिक यात्रा गर्ने यात्रुको नयाँ रेकर्ड भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

laxmi

यसअघि आर्थिक वर्ष २०७५–७६ मा ज्येष्ठ महिनामा १ लाख ३५ हजार २७२ मासिक रेकर्ड बनेको थियो । यस्तै कम्पनीका अनुसार यस आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल १० लाख २१ हजार २३९ यात्रीले केबलकारको सेवा लिएका छन् ।

कम्पनीका अनुसार मनकामना जाने भारतीय यात्रीहरूको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यस आर्थिक वर्षको ११ महिनामा कुल २ लाख ६९ हजार ७६० जना भारतीयहरूले मनकामना भ्रमण गरेका छन् । मनकामनाको दर्शन गर्न पुग्ने पहिलो नम्बरमा नेपाली नागरिक ७ लाख ५ हजार ५९३ जना छन् ।

कम्पनीले यस आर्थिक वर्षमा केबलकारमार्फत मनकामना मन्दिर जाने यात्रीको सङ्ख्या करिब सङ्ख्या ११ लाख ५० पुग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL