Logo

तोकिएको मापदण्ड नमान्ने दुई अस्पतालमा काठमाडौं महानगरपालिकाको ताला

तोकिएको मापदण्ड नमान्ने दुई अस्पतालमा काठमाडौं महानगरपालिकाको ताला



काठमाडौं । काठमाडों महानगरपालिकाले कानुन उल्लंघन गरेर संचालन भएका दुई स्वास्थ्य संस्थानमा ताला लगाएको छ । महानगरपालिकाले तोकिएको मापदण्ड पुरा नगरेको भन्दै उक्त अस्पतालहरुमा ताला लगाएको हो ।

laxmi

महानगरपालिकाले यसअघि असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको उनले बताए । लोकप्रियताका लागि नभइ कानुनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्‍याउन यो काम गरिएको मेयर शाहको भनाइ छ ।

उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL