Logo

अल्टिच्युड एयरका पाइलट सस्पेन्ड, सुरक्षा मापदण्डको अनुसरण नगरेको भन्दै अनुसन्धान

अल्टिच्युड एयरका पाइलट सस्पेन्ड, सुरक्षा मापदण्डको अनुसरण नगरेको भन्दै अनुसन्धान



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयरका एक पाइलटलाई सस्पेन्ड गरेको छ ।

प्राधिकरणले अर्को सूचना नभएसम्मका लागि अल्टिच्युड एयरको हेलिकप्टरका पाइलटलाई सस्पेन्ड गरेको जानकारी दिएको हो ।

प्राधिकरणले पाइलटले उडानका क्रममा सुरक्षा मापदण्डको अनुसरण नगरेका कारण सस्पेन्ड गरिएको र यस विषयमा अहिले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्