Logo

सहसचिव चुडामणी पौडेलसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर, सजाय निर्धारणका लागि २५ गते पेशी

सहसचिव चुडामणी पौडेलसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर, सजाय निर्धारणका लागि २५ गते पेशी



काठमाडौं । सहसचिव चुडामणी पौडेलले भ्रष्टाचार गरेको प्रमाणीत भएको छ । विशेष अदातलले उनीसहित ३ जनालाई सहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

laxmi

अख्तियारले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ ।
उनले विभिन्न कम्पनीहरुलाई कर फरस्यौट आयोगमा रहँदा भ्याट छुट दिएर भ्रष्टाचार गरेको खुलेको छ । तत्कालिन महालेखाको प्रतिवेदनले पनि कर फर्छ्योट आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको निष्कर्ष निकालेको थियो । विशेष अदालतले आगामी २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको बताए

प्रतिक्रिया दिनुहोस्
MBL