Logo

आजदेखि काठमाडौं महानगरले तार व्यवस्थापन गर्ने, यस्तो छ अव्यवस्थित तार हटाउन ‘रुटिन प्लान’ (सूचनासहित)

आजदेखि काठमाडौं महानगरले तार व्यवस्थापन गर्ने, यस्तो छ अव्यवस्थित तार हटाउन ‘रुटिन प्लान’ (सूचनासहित)



काठमाडौं । काठमाण्डौ महानगरपालिकाले सोमबारदेखि सडकमा अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगरको नगर प्रहरीसहित सरोकारवाला पक्षको हिजो (आइतबार) बसेको बैठकले आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।

laxmi

पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने तयारी छ । माइतीघर मण्डला र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिने नगर प्रहरीले जनाएको छ ।

तार व्यवस्थापनको काममा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि समेत रहने छन् ।

सेवा प्रदायकले आ–आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णय समेत भएको छ । काठमाण्डौ महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिनको समय दिएर गएको वैशाख ११ गते सार्वजनिक सूचना निकालेको थियो । प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउन यस्तो ‘रुटिन’ प्लान’ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL