Logo

महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा, अन्जन र उमेशलालबीच प्रतिश्पर्धा

महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा, अन्जन र उमेशलालबीच प्रतिश्पर्धा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा प्रतिश्पर्धामा उत्रिएका उमेशलाल प्रधान, अन्जन श्रेष्ठ र रामचन्द्र संघईमध्ये कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसक्दा यसअघि उच्च मतभार पाएका दुई प्रतिश्पर्धिबीच पुनः निर्वाचन हुने भएको हो ।

laxmi

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि कुनै एक उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने भएपनि तिनैजना प्रतिश्पर्धिले त्यो मतभार प्राप्त गर्न सकेनन् । पहिलो चरणको निर्वाचनमा अन्जन श्रेष्ठले कुल मतभारको ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL