Logo

सवा ३ अर्ब लगानी थप्दै अरिहन्त इन्फ्रास्ट्रक्चर, नेपालमै ग्रेनाइटदेखि जिप्समसम्म उत्पादन गर्ने

सवा ३ अर्ब लगानी थप्दै अरिहन्त इन्फ्रास्ट्रक्चर, नेपालमै ग्रेनाइटदेखि जिप्समसम्म उत्पादन गर्ने



काठमाडौं । अरिहन्त ग्रुप अन्तर्गतको अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडले सवा ३ अर्ब बढी लगानी थप गर्ने भएको छ । कम्पनीले उद्योग विभागबाट चैत १५ गते ३ अर्ब २८ करोड ७९ लाख ७६ हजार रुपैयाँ लगानी थप्न स्वीकृति पाएको हो ।

laxmi

यसअघि विदशबाट आयात गरेर नेपाली बजारमा कोईला, जिप्सम, कप्पर, ब्याट्रीलगायत वस्तुहरु विक्री वितरण गर्दै आएको कम्पनीले अब ढुंगाजन्य वस्तुसँगै जिप्सम बोर्ड र जिप्सम पाउडर नेपालमै उत्पादन गर्नेगरी थप लगानी स्वीकृत गराएको हो ।

उद्योग विभागका अनुसार कम्पनीले बार्षिक ७४ हजार बढी मेट्रिक टन नानो टायल, १२ हजार मेट्रिक टन जीभीटी टाइल, साढे १५ हजार मेट्रिक टन् वाल टाइल र ६ हजार मेट्रिक टन सरसफाईसम्बन्धी वस्तुहरु उत्पादन गर्न जानकारी दिएको छ । यस्तै कम्पनीले बार्षिक ३० हजार ८ सय ८० मेट्रिक टन जिप्सम बोर्ड, ६० हजार मेट्रिक टन जिप्सम पाउडर, ६ हजार ७ सय ५० मेट्रिक टन ग्रेनाईट र २ हजार ८ सय मेट्रिक टन क्वार्ज उत्पादन गर्नेछ ।

कम्पनीले सुनसरीको दुहवी नगरपालिकामा स्थापना गर्न लागेको उद्योगमा ५ हजार केभिए विजुली खपत हुने र बार्षिक ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । ग्रुपले नेपालको हरेकजसो व्यवसायिक क्षेत्रमा हात हालेको छ । त्यसमध्ये पनि ग्रुपले रेमिट्यान्स, अटोमोबाइल, ट्रेडिङ, इन्फ्रास्ट्रक्चरलगायत क्षेत्रमा बिशेष काम गर्दै आईरहेको छ । ग्रुपले सम्सारा रेमिट, अरिहन्त इन्फ्रास्ट्रक्चर, अरिहन्त अटो एजेन्सी, अरिहन्त रियलस्टेटलगायत २२ प्रकारका व्यवसायिक सेवाहरु दिँदै आएको छ ।

ग्रुपले अरिहन्त इन्फ्रास्ट्रक्चर कम्पनी भने सन २०२१ मा मात्रै स्थापना गरेको थियो । त्यसयता कम्पनीले नाफाको व्यापार गरिरहेको देखिन्छ । अरिहन्त ग्रुपमा म्यानेजिङ डाइरेक्टर गिरिश जैन छन् ।

अरिहन्त इन्फ्रास्ट्रक्चरले हालसम्म विभिन्न उद्योगहरुमा निर्माणजन्य वस्तुहरु आपुर्ति गर्ने काम पनि गर्दै आएको छ । यो क्षेत्रमा भने समयमै भनेबमोजिम काम नगरेको भन्दै सार्वजनिक खरीद नियमन कार्यालयले कम्पनीलाई १ बर्षका लागि कालोसूचीमा समेत राखेको छ । कम्पनीले आगामी जुन १५ सम्म कुनैपनि प्रकारका खरीदमा सहभागी हुन नपाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL