Logo

यूएईमा हुने दिगो विकास सम्मेलनमा विशेष वक्ताको रुपमा अर्थमन्त्री जादै

यूएईमा हुने दिगो विकास सम्मेलनमा विशेष वक्ताको रुपमा अर्थमन्त्री जादै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
पुस २, काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई) मा आगामी मार्चमा हुने दिगो विकाससम्बन्धी सम्मेलनमा अर्थमन्त्री डा।रामशरण महतलाई विशेष वक्ताको रूपमा आमन्त्रण गरिएको छ ।
मंगलबार संयुक्त अरब इमिरेट्सका कार्यबाहक राजदूत सइद मोहम्मद अल्म्हिरीले अर्थमन्त्री महतसँग भेटघाट गर्ने क्रममा आफ्नो देशमा आयोजना हुने सम्मेलनमा विशेष वक्ताका रूपमा आमन्त्रण गरेका हुन् ।

unnamedसो अवसरमा यूएई सरकारको तर्फबाट लगानीसम्बन्धी वार्षिक सम्मेलनमा विशेष वक्ताको रूपमा सहभागिताका लागि दिइएको निमन्त्रणा पत्र पनि राजदूतले हस्तान्तरण गरे । सम्मेलन आगामी मार्च ३० देखि अप्रिल १ सम्म आयोजना हुनेछ । यूएई सरकारले आयोजना गर्ने उक्त बैठक प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी विश्वस्तरीय मञ्चको रूपमा परिचित छ र यो मञ्चको पाँचौं संस्करण हो । सो अवसरमा दिइएको जानकारीअनुसार आगामी कार्यक्रमको विषयबस्तु “वैदेशिक लगानीमा आधारित प्रविधि हस्तान्तरण र आविस्कारको माध्यमबाट दिगो विकास” रहेको छ ।

मंगलबार नै अर्थमन्त्री महतसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका उपमहासचिव तथा एसिया प्रशान्त क्षेत्रको जिम्मेवारी लिएका सहायक प्रशासक हाउलिङ सुले भेट गरेका थिए । सो अवसरमा यूएनडीपीद्वारा नेपालमा सञ्चालित कार्यक्रमहरूको बारेमा छलफल भएको थियो । भेटघाटको क्रममा अर्थमन्त्री डा। महतले संविधान निर्माणमा दलहरूबीच भइरहेको संवाद तथा सहमतिका पहलहरू र ठूला विकास आयोजनाहरूमा लगानीको चासो बढिरहेको जानकारी दिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL