Logo

कांग्रेसले अर्थमन्त्रालय पाउने पक्का, देउबाका प्रियपात्र डा. महतले इन्ट्रेस्ट देखाएपछि चौधरीलाई चुनौती

कांग्रेसले अर्थमन्त्रालय पाउने पक्का, देउबाका प्रियपात्र डा. महतले इन्ट्रेस्ट देखाएपछि चौधरीलाई चुनौती



काठमाडौं । देशको राजनीतिक कोर्स परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल तत्कालै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन् । नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहाल पछिल्लो समीकरणअनुरुप नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतका दलहरुलाई समेटेर मन्त्रिपरिषद पुर्नगठनको तयारमिा छन् ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर पुष १० गतेको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । सरकारबाट बाहिरिएका दलहरुसँग रहेका मन्त्रालयसहित अहिले प्रधानमन्त्री दाहालको थाप्लोमा १६ मन्त्रालय रहेका छन् । यस्तोमा प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

यसको लागि पधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मोटामोटी समझदारी भइसकेको छ । स्रोतका अनुसार कांग्रेसले अर्थमन्त्रालयसहित ७ मन्त्रालय लिने समझदारी छ । माओवादीले भने गृहसहित पाँच मन्त्रालय लिने तय भएको छ भने अन्य दलहरुलाई पनि मन्त्रालयमा भागवण्डा मिलाइएको छ ।

कांग्रेस सरकारमा जाने भएसँगै अहिले कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने विवाद पनि चर्किएको छ । पार्टीका बहुमत सदस्यहरु उपसभापति पूर्णबहादुर खड्का वा शंशाक कोइरालाको नेतृत्वमा सरकारमा जानुपर्ने बताइरहेका छन् । यस्तै पार्टिले पाउने सबैभन्दा महत्वपूर्ण मन्त्रालय अर्थमन्त्रालयमा पार्टीको इज्जत धान्न सक्ने व्यक्ति पठाउनुपर्ने आवाज पनि उठेको छ ।

कांग्रेसमा भने मन्त्री बन्ने आकांक्षीहरु धेरै छन् । यस्तोमा सभापति देउबा अहिले सरकारमा कस–कसलाई पठाउने भन्ने अन्योलमा छन् । कांग्रेसले अर्थमन्त्रालय पाउने भएसँगै फेरि एकपटक कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीको नाम अगाडि आएको छ । अर्थमन्त्रालयमामा अर्थतन्त्र बुझेको व्यक्तिलाई पठाउनुपर्ने पार्टीभित्रबाटै दबाब बढिरहेको समयमा कांग्रेसकै शीर्ष नेताहरु यसपटक विनोद चौधरीलाई अर्थमन्त्रालयको नेतृत्वमा पुर्याउन चाहेका छन् ।

मुलुकको अर्थतन्त्र संकटमा रहेको बेला पार लगाउनसक्ने व्यक्तिको खोजी भैरहेको बेलामा चौधरीको नाम अर्थमन्त्रीको रुपमा चर्चामा छ। कांग्रेस सभापति शेरबहादुर देउवापनि चौधरीलाई अर्थमन्त्रालयको नेतृत्व सुम्पिन सकारात्मक रहेको र प्रधानमन्त्री दाहालले पनि चौधरीलाई अर्थमन्त्रीमा नियुक्त गर्न कुनै समस्या नभएको वचन दिएका छन् ।

यद्यपि कांग्रेसमा सभापति शेरबहादुर देउबाका प्रियपात्रका रुपमा रहेका डा प्रकाशशरण महतले पनि अर्थमन्त्रालयमा रुचि देखाएसँगै चौधरीका लागि चुनौती खडा भएको कांग्रेस निकटहरु बताउँछन् । डा महत यसपटक जसरी पनि मन्त्री बन्ने दाउमा रहेको र उनले अर्थमन्त्रालय आफुले पाउनुपर्ने भन्दै देउबासँग लविङ गरिरहेको स्रोत बताउँछ । जसका कारण सभापति देउबा अहिले अर्थमन्त्री कसलाई दिने भन्ने तनावमा रहेको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL