Logo

जियोनी एस ५.१ र एम थ्री म्याराथोन मोबाइल सेट बजारमा, मुल्य २० हजार र ३० हजार

जियोनी एस ५.१ र एम थ्री म्याराथोन मोबाइल सेट बजारमा, मुल्य २० हजार र ३० हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१ पुस, काठमाडौं । जियोनी मोवाइल कम्पनिले आफ्नो डिजाइनमा इलाइफ एस ५.१ र एम थ्री म्याराथोन नेपाली बजारमा ल्याएको छ । आज मंगलबार राजधानीमा पत्रकार सम्मेलनगरी इलाइफ एस.५.१ र एम थ्री म्याराथोनका विषयमा जानकारी गराएका हुन् ।

Xioni
यी दुइ मोबाइल नेपाली बजारमा भएका विभिन्न मोवाइलको ब्राण्ड भन्दा विल्कुलै फरक र अधिकतम सेवा दिने खालको भएको जियोनी मोवालइलको आधिकारीक विक्रेता टेलि टक प्रा.लीको सिइयो सञ्जय अग्रवालले बताए ।
जियोन ४.५ इन्चको डिस्प्ले, ८ मेगापिक्सलेस रेयर क्यामार, ५ मेगापिक्सेल,ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जि.बी ¥याम र १६ जि.बी इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लास जस्ता विशेषता रहेका छन् । एस ५.१ को मुल्य २० हजार रहेको छ ।
यसैगरी जियोनले एम थ्री म्याराथोन सेरिजको ५ हजार एमएएच ब्याट्रि रहेका छन् । यो मोवाइलले ३३.७ घण्टासम्म कुरा गर्न सकिने र ३२.८ दिनको स्ट्याण्डबाट टाइम दिने अर्थात चार्ज नगरिकन प्रयोग गर्न सकिने छ । ओ.टि.जी रिभर्स चार्ज, ओ .टि.जी डाटा ट्रान्सफर हटनट, ब्ल्याब स्क्रीन गेस्चरको नियन्त्रण यस्को विशेषता रहेको छन् ।
यसैगरी १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एच.डी, डिस्प्ले, डि.टी.एस. साउण्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरा साथै भि जेस्चर र स्माइली जस्ता मोडहरु रहेका छन् । एम थ्रीको भने रु ३० हजार रहेको आधिकारीक विक्रेताका सिइओ अग्रवाले जानकारी दिए ।
जियोनीले इलाइफ एस. ५.१ र एम थ्री मोबाइल फोन भोलि बुधबारदेखी नेपालभर जियोनीका सबै डिलरहरुमा उपलब्ध गराइने जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL