Logo

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन मन्त्रीहरुले आज (सोमबार) पत्रकार सम्मेलन गर्दैछन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए । रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL