Logo

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ उचाई छोएको छ । बिहीबार सुनको मूल्यमा एकैपटक १२ सय रूपैयाँको वृद्धिसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

laxmi

सुनको मूल्यमा पछिल्लो समय निरन्तर वृद्धि भइरहेकोमा बिहीबार सुनको मूल्य १ लाख ७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ रहेको थियो ।

उस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL