Logo

नेपाल राष्ट्र बैंकलाई चुनौती दिदैं किन आयोजना भयो सोल्टी होटलमा ‘दुबई प्रपर्टी’ मेला ?

नेपाल राष्ट्र बैंकलाई चुनौती दिदैं किन आयोजना भयो सोल्टी होटलमा ‘दुबई प्रपर्टी’ मेला ?



काठमाडौं । नेपालमा बस्ने नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने व्यवस्था छ । केही दिनअघिमात्र नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज रहेको जनाएको थियो । यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने केन्द्रीय बैंकले चेतावनी समेत दिएको थियो ।

laxmi

तर, राष्ट्र बैंकले सूचना जारी गरेको केही दिनमै राष्ट्र बैंकलाई नै चुनौती दिदैं केही भारतीय र विदेशीले काठमाडौंको सोल्टी होटलमा ‘दुबइ प्रपर्टी शो’ नामको मेला आयोजना गरेर नेपालीलाई दुबईमा घरजग्गामा लगानी गर्न खुला रुपमा आव्हान गरे । अन्तत दुईदिने मेला सकिने दिन आइतबार मेलामा प्रहरीले छापा मारयो । विदेशमा घर जग्गा किन्न बन्देज रहेपनि दुबर्इमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित गुपचुप चलिरहेको मेलालाई अन्तिम समयमामात्र प्रहरीले रोक्यो ।

आइतबार महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले छापा मार्दै मेला रोकेको हो । तर, प्रहरीले दुबइ प्रपर्टी शोमा ढिला गरी छापा मारेको हो । सोल्टी होटलमा दुबईको द म्याक नामक कम्पनीले २१ र २२ जनवरीमा शो सञ्चालन गरिरहेको थियो ।

घिमिरेले प्रहरीमा गैरकानुनीरुपमा विदेशमा निर्मित प्रपर्टी शो चलिरहेको सूचना पाए लगत्तै कार्यक्रमस्थल पुगेको जानकारी दिए । उनले भने, ‘दुई दिनसम्म चल्ने गरी मेला भइरहेको रहेछ । यसका लागि दुबइबाट ३ र भारतबाट २ गरी पाँच विदेशी आएका रहेछन् ।’

तर, उनीहरुले नेपालमा प्रपर्टी शो सञ्चालनका लागि कुनै अनुमति लिएका छैनन् । जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक र अन्य कुनै पनि सरकारी निकायसँग अनुमति नलिई शो चलिरहेको हो । तर, शोमा नेपालीको संलग्नता भने नदेखिएको डिएसपी घिमिरेले जानकारी दिएका छन् । ‘शोमा एक २ जना नेपालीले हेर्दै दुबईमा रहेको फ्ल्याट र घरको बारेमा सोधपुछ गरेको पाइयो’, उनले सुनाए, ‘तर, सम्पत्ति किनबेचका लागि कुनै डिल भएको देखिएन ।’

प्रतिक्रिया दिनुहोस्
MBL