Logo

सुनको मूल्य ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

सुनको मूल्य ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँको गिरावट आएको छ ।

मंगलबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL