Logo

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाडन आदेश, बिदेश जान नपाउने

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाडन आदेश, बिदेश जान नपाउने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेसँग उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी मागेको छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटी लिएर सन्दीपलाई छाड्न आदेश दिएको हो ।

अदालतले लामिछानेलाई विदेश जान रोक लगाएको छ। गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी गरेको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई अदालतले २० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

क्रिकेटर सन्दीप लामिछानेका कानुनी सल्लाहकार अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अदालतले २० लाख धरौटी राखेर रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL