Logo

पुस २८ गतेदेखि माघ १ गतेसम्म चौथो जेम एण्ड ज्वेलरी एक्स्पो हुने

पुस २८ गतेदेखि माघ १ गतेसम्म चौथो जेम एण्ड ज्वेलरी एक्स्पो हुने



काठमाडौं । चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभूषण संघ (नेग्जा) ले यही पुस २८ गतेदेखि माघ १ गतेसम्म होटल याक एण्ड यति दरबारमार्गमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना गर्न लागेको हो ।

पुस २८ गते साँझ ६ बजे देखि ज्वेलरी फेशन शो आयोजना गरिने छ । पुस २९ गते दिउँसो १२ः३० बजे विशेष समारोहकाबीच एक्स्पोको समुद्घाटन हुने आयोजकले जनाएको छ । एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहने छ ।

नेपाल रत्न तथा आभूषण संघ सञ्चार जगतका लागि एक परिचित संस्था हो । नेपाल रत्न तथा आभूषण कम हीरा जवाहरात आदि मूल्य र पत्थरको बहुमूल्य आभूषण उत्पादन एवं कारोबार गर्ने व्यवसायीहरूको राष्ट्रिय स्तरको एक मात्र विशेष कृति संस्था हो ।

एक्पोको मूलभूत उद्देश्य कोभिड १९ ले शिथिल बनेको आभूषण व्यवसायमा नयाँ उत्साह र ऊर्जा पैदा गराउने, नेपाली बहुमूल्य आभूषण व्यवसायको विद्यमान अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने रहेको छ ।

यसका साथै आम उपभोक्ताहरूलाई एउटै छानामुनी आफ्नो रोजाई र चाहना अनुसारको डिजाइनका नेपाली बहुमूल्य आभूषणबारे जानकारी लिने र खरिद गर्न अवसर प्रदान गर्ने एक्स्पोको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL