Logo

एफएनसीसीआईलाई बैंक संचालकको प्रश्न, हाम्रो समस्या नबुझ्ने हो भने तिमिहरुको सदस्यता किन लिने ?

एफएनसीसीआईलाई बैंक संचालकको प्रश्न, हाम्रो समस्या नबुझ्ने हो भने तिमिहरुको सदस्यता किन लिने ?



काठमाडौं । पछिल्लो समय लगानीयोग्य रकम संकुचन हुँदै कर्जाको ब्याजदर समेत बढ्दै गएपछि बैंकर र उद्योगी व्यवसायीबीच द्धन्द्ध बढ्दै गएको छ । बैंकले उच्च व्याज लिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंक, सरकार र बैंकविरुद्ध आन्दोलन जारी राखेको छ ।

laxmi

आन्दोलनरत उद्योगी व्यवसायीले बैंकले ज्याजदीपूर्ण तरिकाबाट कर्जाको ब्याज बढाएको र त्यसले आफुहरु मर्कामा परेकोभन्दै त्यसरी बढेको ब्याज तिर्न नसक्ने बताउँदै आएका छन् । जिल्ला उद्योग वाणिज्य संघहरुले गरेको आन्दोलनमा महासंघ पनि समर्थन जनाउँदै बैंकको विरोधमा उत्रिएका छन् । नयाँ सरकार बनेसँगै महासंघ प्रतिनिधिमण्डलले प्रधामन्त्री, अर्थमन्त्रीलाई भेट्दै बैंकको ब्याज उच्च रहेको र त्यसलाई घटाउन पहल गर्नुपर्ने, स्प्रेडदर घटाउनु पर्ने जस्ता माग अघि सार्दै आएका छन् ।

उद्योगी व्यवसायीले निरन्तर रुपमा बैंकविरुद्ध आन्दोलन जारी राखेपछि पछिल्लो समय बैंकहरुपनि उद्योगी व्यवसायीको विरुद्धमा आफ्ना आवाज बुलन्द गर्न थालेका छन् । शुक्रबार सिभिल बैंक संचालक समितिका अध्यक्ष प्रजापजंग पाण्डेले यदि महासंघले बैंकको समस्या नबुझ्ने हो भने बैंक पनि किन महासंघको सदस्य हुने भनेर फेसबुमार्फत आक्रोस पोखेका छन् ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघ बस्तुगत सदस्य र सबै वाणिज्य बैंकहरु महासंघमा एसोसिएट्स सदस्य रहेका छन् । पछिल्लो समय महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारका विभिन्न निकायलाई भेटेर राष्ट्र बैंकले बैंकलाई समयमै तह नलगाउँदा अहिले समस्या आयो भनेर भन्नु गैरजिम्मेवारपूर्व अभिव्यक्ति रहेको पाण्डेको भनाई थियो । ‘बैंक पनि महासंघकै सदस्य हो,’ उनले भने, ‘यस्तो अवस्थामा महासंघ अध्यक्षले आफ्ना सदस्यहरुबीच छलफल गरेर निकास निकाल्ने कि सदस्यको विरोधमा विभिन्न निकाय धाउँदै हिड्ने ?’

यसअघि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पनि अहिले उद्योगी व्यवसायीले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । उनले पनि आफ्नो फेसबुकमार्फत उद्योगी व्यवसायीले आन्दोलन गर्नुभन्दा बैंकबाट लिएको ऋणले उद्योग व्यवसास संचालन गरेर मुनाफा कमाएर कर्जाको किस्ता र व्याज तिर्नु नै सबैभन्दा लाभदायी हुने बताएका थिए ।

यस्तै प्राईम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले पनि अहिले बैंकले बढी नाफा कमायो भने आन्दोलन गर्ने उद्योगी व्यवसायीको व्यालेन्ससिट सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL