Logo

महासंघलाई अर्थमन्त्रीको आश्वासन : सरकार निजी क्षेत्रसँगै छ

महासंघलाई अर्थमन्त्रीको आश्वासन : सरकार निजी क्षेत्रसँगै छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंको पदाधिकारीको टोलीले नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेको छ ।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिनुभयो । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गर्नु भएको थियो । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघको तर्फबाट सुुझाव समेत पेश गरेका थिए ।

अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालू पूँजी कर्जा मार्ग निर्देशन कम्तीमा २ वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिएका छन् । मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिएका छन् ।

अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे ।

गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको यथार्थता सो अवसरमा राखिएको थियो ।

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो शुरुवातनै महासंघको प्रतिनिधिमण्डलसँगको भेटबाट भएको बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए ।

सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उलने प्रष्ट पारे । निजी क्षेत्रको मनोवल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले प्रष्ट पारे । उनले भने, ‘म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु ।’

नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL